झाडा पखालवाट १ को मृत्यु, ४० बन्दा बढी बिरामी

245
  •  
  •  
  •  

चन्द्रकान्त खनाल
रुपन्देही १४ भदौ (ओएनएस) : रुपन्देही जिल्लाको मर्चवार क्षेत्रअन्र्तगत पर्ने वगौली गाबिसमा झाडा पखालबाट १ जनाको मृत्यु भएको छ, भने ४० जनाभन्दा बढी विरामी भएका छन् ।

वगौली गाबिस वडा नं ६ की मुना पालको झाडा पखालबाट शनिबार मृत्यु भएको छ । बिगत ३ देखी उक्त क्षेत्रमा झाडापखालको देखिएको भए पनि स्वास्थ्य कार्यालयले चासो देखाएको छैन ।

जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख ओम प्रसाद पन्थीले दिएको जनाकारी अनुसार अहिले बगौलीमा ४० जना भन्दा बढी बिरामी आफ्नो सम्पर्कमा रहेको र केहि लाई आफन्तले भारततिर लगेको जानकारी दिए ।

जिल्ला जनस्वास्थ्यबाट उक्त क्षेत्रमा स्वास्थ्यकर्मी पुगरे सोही स्थानमा उपचार भैरहेको पन्थीले बताए । समान्य रहेकालाई त्यँही उपचार भैरहेको र अलि बढी भएकालाई जिल्ला अस्पताल भैरहवामा उपचारका लागि पठाएको उनले जानकारी दिए । उक्त स्थानवाट भारतीय सीमा नजिकभएकाले विरामीलाई भारततर्फ लगिएको छ ।


  •  
  •  
  •