काठमाडौं, २९ माघ (ओएनएस) : सरकारले चर्चित हास्य टेलिश्रृङ्खला मेरी बास्सैका मुख्य कलाकारहरु सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई सरसफाइ दूत नियुक्त गरेको छ ।
बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई सन् २०१७ सम्म खुला दिसा मुक्त बनाउने घोषणा गर्दै अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । खुला दिशा मुक्त बनाउनको लागि सीताराम र कुञ्चनाले सरसफाइ अभियानका कार्यक्रममा भाग लिनेछन् ।
यस्तै सरकारले बाग्लुङ क्षेत्र १ मा प्रत्यक्षतर्फको सभासदको लागि आगामी चैत २८ गते उपनिर्वाचन गर्न निर्वाचन आयोगलाई पत्राचार गर्ने भएको छ ।
सभासद हरि खड्काको निधन भएकापछि पदपूर्तिको लागि सरकारले उपनिर्वाचन गर्न लागेको हो । सवारी दुर्घटनामा घाइते भएका खड्काको गत मंसिर २० मा निधन भएको थियो ।