धुर्मुस–सुन्तलीलाई अष्ट्रेलियाबाट साढे १२ लाख सहयोग

159
  •  
  •  
  •  

dhurmus–suntali at australiaकाठमाडौं, १४ माघ (ओएनएस) : एकीकृत नमुना मुसहर बस्ती निर्माणमा जुटेका हाँस्यकलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई अष्ट्रेलियाबाट साढे १२ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।

नमुना बस्ती निर्माणका लागि सहयोग जुटाउन अष्ट्रेलिया पुगेका धुर्मुस–सुन्तलीलाई त्यहाँको एडिलेटमा भएको एक डिनर कार्यक्रमबाट १२ लाख ४५ हजार ७ सय ६० रुपैयाँ सहयोग प्राप्त भएको छ ।

यो रकमले नमुना बस्ती निर्माणमा ठूलो मद्दत पुग्ने धुर्मुस–सुन्तली भ फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले बताए ।

अष्ट्रेलियाको एडिलेटमा बसोबास गर्ने भुटानी समुदायका नेपालीहरु र नेपालीहरुले देखाएको सहयोगप्रति उनले धन्यवाद दिएका छन् ।

धुर्मुस–सुन्तलीले महोत्तरी, बर्दिवास नगरपालिका–२ स्थित मुसहर बस्तीमा तेस्रो नमूना बस्ती बनाउन सुरु गरेका हुन् ।

४ करोड ७८ लाख लागतमा बन्ने बस्ती अपांग मैत्री, बाल मैत्री हुनेछ । नमुना बस्तीमा ५० वटा घर एक सामुदायिक भवन, एक बाल उद्यान र एक मन्दिर समेत निर्माण गर्ने धुर्मुसले जानकारी दिए ।


  •  
  •  
  •