धुर्मुस–सुन्तलीले ४ करोड ७८ लाखमा मुसहरका लागि नमूना बस्ती बनाउने

521
  •  
  •  
  •  

dhurmush suntaliकाठमाडौं, ६ पुस (अाेएनएस) : हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले महोत्तरीको बर्दिबास–२, एकीकृत नमूना मुसहर बस्ती निर्माण गर्ने भएका छन् ।

भूकम्प पिडितका लागि २ वटा एकीकृत नमूना बस्ती निर्माण सम्पन्न गरिसकेको धुर्मुस– सुन्तली फाउण्डेशनले मुसहर समुदायका लागि एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेको हो ।

युट्युबमार्फत् एक भिडियो सार्वजनिक गर्दै धुर्मुस– सुन्तलीले मानवता र सद्भावका लागि सहकार्य गरेर साथ दिन सम्पूर्ण सहयोगी मनसँग अपिल समेत गरेका छन् ।

गाँस, बास र कपासको समेत समस्या देखेपछि ५० परिवार मुसहरलाई उपहारस्वरुप घर प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए । उनीहरु सरसफाई अभियानको क्रममा गत वर्ष उक्त बस्तीमा पुगेका थिए । ४ करोड ७८ लाख लगानीमा बस्ती निर्माण हुनेफाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताइन् ।

फाउण्डेशनले गिरान्चौर एकिकृत नमूना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपैयाँ मुसहर बस्ती निर्माणका लागि खर्च गर्ने जनाएको छ ।


  •  
  •  
  •