धुर्मुस–सुन्तली सम्मानित

938
  •  
  •  
  •  

dhurmus-suntali

बिराटनगर, २ भदौ (ओएनएस) : कलाकार एवं समाजसेवी सीताराम कटेल र कुञ्जना घिमिरेलाई आज विराटनगरमा सम्मान गरिएको छ ।

स्थानीय उद्घोष दैनिकको १३औं बाषिर्कोत्सवका अवसरमा कलाकारद्वयलाई १ लाख ११ हजार १११ रुपैयाँ राशीको श्रीप्रसाद–दिकराज दाहाल सामाजिक सम्मानबाट सम्मान गरिएको हो ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीले धुर्मुस–सुन्तलीलाईसंयुक्त रुपमा सम्मान प्रदान गरेका हुन् ।

स्वर्गीय दिकराज दाहालका सुपुत्र कमलराज दाहालले आफ्ना माता–ताका नाममा विभिन्न पुरस्कारहरु प्रदान गर्नेगरी श्रीप्रसाद–दिकराज दाहालका नाममा अक्षयकोष स्थापना गरेका छन् । श्रीप्रसाद–दिकराज दाहाल सामाजिक सम्मान हरेक दुई बर्षमा प्रदान गर्ने गरिन्छ ।

यसैवीच धुर्मुस(सुन्तली फाउण्डेशनले थाल्ने नयाँ नेपाल निर्माणको अभियानमा सहयोग गर्न मेयर भीम पराजुलीले व्यक्तिगत १ लाख १ हजार १ सय र रिजालको पोलिट्यांकका संचालक नवीन रिजालले प्लाष्टिकका सामाग्री प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।


  •  
  •  
  •