भारतमा धूलोसहितको आँधीका कारण कम्तीमा ३५ जनाको मृत्यु

72
  •  
  •  
  •  

नयाँ दिल्ली । भारतको विभिन्न राज्यमा बेमौसमको वर्षापछि आएको धूलोसहितको आँधीका कारण कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चाार माध्यमका अनुसार राजस्थान राज्यमा परेको चट्याङका कारण चार बालबालिकासहित ११ जनाको मृत्यु भएको हो ।
त्यसैगरी पश्चिम राज्य गुजरातको कैयौं जिल्लामा आएको धूलोसहितको आँधीमा परी कम्तीका नौ जनाको मृत्यु भएको जनाइएको छ ।
भारतको गुजरात र अहमदाबाद राजकोट, पटना लगायत अन्य कैयौं जिल्लाहरु यस आँधीका कारण प्रभावित भएका छन् ।

बेमौसमी वर्षा र आँधीको कारण मध्य प्रदेश र राजस्थानका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् ।
प्रकोपमा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई क्षतिपूर्ति स्वरुप २ लाख भारु र घाइतेलाई ५० हजार भारु राष्ट्रिय कोषबाट तत्काल उपलब्ध गराइने प्रधानमन्त्री मोदीले बताएका छन् ।
एजेन्सी


  •  
  •  
  •