एकै रात १८ टन धुलो संकलन

257
  •  
  •  
  •  

काठमाडौं, १४ चैत(ओएनएस) : काठमाडौंको सडकमा धुलो सफा गर्न ब्रुमर सञ्चालनसँगै एकै रातमा १८ टन धुलो संकलन भएको छ ।

काठमाडौं महानगरपालिकाका पाँच वटा ब्रुमरले बुधबार राति १३ स्थानमा धुलो सफा गरेका थिए ।
सुन्धारा, टुँडिखेल, रत्नपार्क, कान्तिपथ, जमल, प्रदर्शनीमार्ग, पुतलीसडक, माइतीघर, बानेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, सोल्टिमोडसम्म सफा गर्दा १८ टन धुलो जम्मा भएको महानगरपालिका कार्य सञ्चालन शाखाले जानकारी दिएको छ ।

सबैभन्दा धेरै धुलो रत्नपार्क, सुन्धारा, जमल, त्रिपुरेश्वर क्षेत्रका सडकबाट संकलन भएको थियो । यी क्षेत्रबाट डेढ टिप्पर धुलो संकलन भएको छ ।

संकलन भएको धुलोलाई महानगरपालिकाको फोहर संकलन केन्द्र टेकुमा बिसर्जन गरेको छ ।
काठमाडौं महानगरपालिकाले हालै इटालियन कम्पनीद्वारा निर्मित पाँच वटा ब्रुमर काठमाडौं ल्याएको छ । पाँच ब्रुमरमध्ये चार वटा १६ टन र एउटा ६ टन क्षमताका छन् ।


  •  
  •  
  •