धुलिखेलका वडाध्यक्ष कोइरालाको निधन, कुटपिट गरेको आशंका

162
  •  
  •  
  •  

dhulikhel

काठमाडौं, १० भदौ (ओएनएस) : अज्ञात व्यक्तिको आक्रमणमा परेको अनुमान गरेर अस्पताल भर्ना गरिएका धुलिखेल नगरपालिका वडा नं २ का वडाध्यक्ष राजन कोइरालाको निधन भएको छ ।

काठमाडौंस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो । आइसीयुमा राखेर उपचार गराइरहेका बेला कोइरालाको शुक्रबार मध्येराति निधन भएको धुलिखेलका मेयर अशोक ब्याञ्जुले जानकारी दिए ।

कोइरालालाई गत आइतबार बेहोस अवस्थामा फेला पारिएको थियो । उनको निधन कुटपिटबाट भएको हुन सक्ने अनुमान गरिएको छ ।
कोइरालालाई बेहोस अवस्थामा भेटेर स्थानीयले उद्धार गरी अस्पताल पुर्याइएको थियो ।


  •  
  •  
  •