भारतीय टोलीका कप्तान धोनीले फुटबल पछि हकीमा समेत हाले हात

158
  •  
  •  
  •  

काठमाडौं, ८ कात्तिक(एजेन्सी) : भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनीले फुटबल टोलीपछि हकीमा समेत हात हालेका छन् । उनले सहारा एडभेन्चर स्पोर्ट्स लिमिटेडसँग मिलेर हकी इण्डियन लीग(एचआईएल)को राँचीको ए‍क टोली किनेका छन् ।

पहिले यस टोलीको नाम राँची राइनोज थियो तर, धोनीले टीमलाई नयाँ नाम दिएका छन् । उनले उक्त टोलीलाई राँची रेन्ज नाम दिएका छन् । यसको अर्थ हिन्दीमा राँचीको किरण हुन्छ ।

राँची राईनोज एचआईएलभन्दा अघिल्लो संस्करणको विजेता टोली हो । तर, उक्त टोलीको तत्कालिन मालिक पटेल ग्रुप र युनिएक्सेल ग्रुप र हकी इण्डियाको बीचमा रहेको मतभेदका कारण टिम बन्द गरिएको थियो । अब धोनी सहारा ग्रुपसँग मिलेर उक्त टोलीलाई फेरी जीवित बनाउनका लागि जुटेका छन् ।

हकी इण्डियन लिग २०१४ को पहिलो खेल २२ अक्टुबरमा खेल्नेछ ।

dhoni on hockey


  •  
  •  
  •