पर्दामा पनि धोनी र रैना एकसाथ देखिने

140
  •  
  •  
  •  

dhoni-filmकाठमाडौ, मंसिर : क्रिकेटका साथै मैदान बाहिर भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनी र सुरेश रैना धेरैजसो एकसाथ देखिन्छन् । भारतीय क्रिकेट टोलीका सफल कप्तान महेन्द्र सिंह धोनीको जीवनमा आधारित चलचित्रमा धोनीको भूमिकामा सुशान्त राजपुत हुनेछन् भने सुरेश रैनाको भूमिकामा साउथ इण्डियन चलचित्रका स्टार राम चेतन तेजा रहनेछन् ।

चलचित्रको निर्देशन नीरज पाण्डेले गरिरहेका छन् । नीरजले यसभन्दा अगाडि ‘ए वेडनेस्डे’ र ‘स्पेशल-२६’ जस्ता सुपरहिट चलचित्र निर्देशन गरिसकेका छन् । चलचित्र सन् २०१५ मा रिलीज हुनेछ । सुशान्त सिंह राजपूतले धोनीको भूमिकामा आफूलाई प्रस्तुत गर्नका लागि निकै मेहेनत गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनी धोनीको होम टाउन राँची समेत पुगेका छन् । चलचित्रको शुटिङका क्रममा सुशान्तले मुम्बईको बान्द्रा स्थित एक फाइभ स्टार होटेलमा धोनीसँग भेट समेत गरेका छन् ।

यसभन्दा पहिले धोनीकी पत्नी साक्षीले ट्विट गर्दै धोनीमाथि बन्दै गरेको चलचित्र फर्स्ट लुकको एक तस्विर समेत पोष्ट गरेकी छिन् ।


  •  
  •  
  •