नेपाल धितोपत्र बोर्डमा लगाइएको ताला प्रहरीले खुलायो

93
  •  
  •  
  •  

काठमाडौं, १० चैत(ओएनएस) : नेपाल धितोपत्र बोर्डमा लगाइएको ताला प्रहरीले बल प्रयोग गरेर ताला खुलाएको छ ।

पूँजी बजार सुधार र विस्तारका लागि आफुहरुले राखेको ३२ बुँदे मागको सुनुवाई नभएको भन्दै सेयर लगानीकर्ता दबाब समूहले आइतबार बोर्डमा तालाबन्दी गरेर धर्ना दिएको थियो ।

प्रहरीले सेयर लगानीकर्ता दबाब समूहको टोलीलाई लाठी चार्ज गरेर तितरबितर पारेपछि उनीहरुले लगाएको ताला पनि प्रहरीले खुलाएको हो । लगानीकर्ताको आन्दोलनले बोर्डको काम कारबाही प्रभावित भएपछि प्रहरीको मद्दत लिएको बोर्डले जनाएको छ ।

शनिबार प्रधानमन्त्री केपी ओलीलाई माग पत्र बुझाएका दबाब समूह आइतबारदेखि कडा आन्दोलनमा उत्रिएको हो । उनिहरुले यसअघि बोर्डका अध्यक्ष डा. रेवत कार्की र कार्यकारी निर्देशक निरज गिरीको घर घेर्ने कार्यक्रम घोषणा गरेकोमा सो परिवर्तन गरि बोर्डको कार्यालयमा तालाबन्दी गरेका थिए ।


  •  
  •  
  •