धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चको अध्यक्षमा पुनः भीमप्रसाद

167
  •  
  •  
  •  


चितवन । धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चको अध्यक्षमा पुनः भीमप्रसाद विक निर्विरोध निर्वाचित भएका छन्। सोमबारको प्रथम साधारण सभा तथा अधिवेशनबाट वि.क निर्विरोध निर्वाचित भएका हुन्। आगामी दुई वर्ष कार्यकालको लागि विक सहित १७ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएका छन्।

समितिको उपाध्यक्षहरूमा लालबहादुर विश्वकर्मा, उत्सव खाती विश्वकर्मा, महासचिवमा अमिर रामदाम, कोषाध्यक्षमा तुलबहादुर विश्वकर्मा, सचिवमा राजु विश्वकर्मा, सह–कोषाध्यक्षमा जुना सुनार, सदस्यहरूमा गंगा रामदाम सुनार, डुविन्द्रध्वज विश्वकर्मा, लक्ष्मण विश्वकर्मा, जीवन विश्वकर्मा, गोविन विश्वकर्मा, राजकुमार वि.क, डम्बरध्वज विश्वकर्मा, कुशल विश्वकर्मा, शान्ता थापा, कृष्ण बहादुर विश्वकर्मा रहेका छन्।

कार्यक्रममा अध्यक्ष विकले चितवनमा भगत सर्वजित विश्वकर्मा स्मृति पुस्तकालय (अध्ययन केन्द्र) स्थापना गर्ने र आफ्नो मूल थलो धौलागिरी अञ्चलको विकासका लागि सक्दो पहल गर्न मञ्चले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

नेपालको दलित आन्दोलनको शिखर पुरूष समाज सुधारक भगत सर्वजित विश्वकर्माले देखेका सपना मर्न नदिन र इतिहास मेट्न नदिन यस मञ्च लागी पर्ने मञ्चका महासचिव अमिर रामदामले बताएका छन्। ‘मञ्चले आफ्नो समुदायको उन्नति तथा प्रगतिका लागि हरसम्भव काम गर्न अग्रसरता जनाउने छ’ उनले भने ‘यसमा तपाईहरूको सहयोगको अपेक्षा गर्दछु ।’

पुर्खाको थातथलोको विकासका लागि पर्यटन प्रवर्द्धन गर्न मञ्चले अग्रता लिने भएको छ । साधारणसभाको अवसरमा मञ्चको मुखपत्र हातेमालो सन्देश स्मारिका बिमोचन गरिएको थियो । त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघको तेस्रो महाधिवेशनमा निर्वाचित वरिष्ठ उपाध्यक्ष अर्जुन रसाईली, तृतीय उपाध्यक्ष विपिन रामुदामु, केन्द्रीय सदस्यहरू चित्रबहादुर विश्वकर्मा, ऋतु विश्वकर्मा, अधिवक्ता जिवनज्योति विश्वकर्मा र टुलकप्रसाद विश्वकर्मालाई समेत सम्मान गरिएको छ । त्यस्तै पत्रकारिता क्षेत्रमा सक्रिय भएर कलम चलाउने दलित समुदायका पत्रकार तथा संचारकर्मीहरू गोपाल विश्वकर्मा र श्याम विश्वकर्मालाई सम्मान गरिएको थियो।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, काठमाडौंका राष्ट्रिय अध्यक्ष अधिवक्ता त्रिलोक चन्द विश्वास विके प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाईली विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा विश्वकर्मा समाज राष्ट्रिय महासंघ, नेपाल गण्डकी प्रदेशका संयोजक ताराबहादुर विश्वकर्मा, विश्वकर्मा कलाकार नेपालका उपाध्यक्ष राजन भूजेल विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो।
साधारणसभामा मञ्चका महासचिव अमिर रामदामले प्रगति प्रतिवेदन र कोषाध्यक्ष तुलबहादुर विश्वकर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


  •  
  •  
  •