नेप्से घेराउ गर्न पुगेका शेयर लगानीकर्ता पक्राउ

374
  •  
  •  
  •  

काठमाडौं, १२ चैत(ओएनएस) : काठमाडौं भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से ) कार्यालय घेराउ गर्न पुगेका शेयर लगानीकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बिहान कार्यालय समयमा भद्रकालिस्थित नेप्सेको कार्यालय परिसर बाहिर धर्ना बस्न लागेका सेयर लगानीकर्ता दबाब समूहलाई प्रहरीले पक्राउ गरेको हो ।

कार्यालय प्रवेशमा रोक लगाएपछि उनीहरु प्रवेशद्धार बाहिर नै धर्ना बस्न लागेका थिए ।
तर प्रहरीले धरपकड गरि नियन्त्रणमा लिएको हो । सो क्रममा केही समय लगानीकर्ता र प्रहरीबीच भनाभन समेत भएको थियो ।

शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने नागरिकको अधिकार प्रयोग गर्न नदिएको भन्दै सेयर लगानीकर्ताले प्रहरीको गाडी भित्रै अर्थमन्त्री र प्रहरी हस्पक्षेपविरुद्ध नाराबाजी गरेका थिए । पक्राउ परेका १३ जना सेयर लगानीकर्ताहरुलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।

शेयर लगानीकर्ताहरुले पूँजी बजार सुधार र विस्तारका लागि ३२ बुँदे माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।


  •  
  •  
  •