धार्मिक स्वतन्त्रताको पक्षमा जनमत संग्रह गर्न सकिन्छ : महामन्त्री कोइराला

319
  •  
  •  
  •  

चितवन, ७ चैत(ओएनएस) : नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले धार्मिक स्वतन्त्रताको पक्षमा जनमत संग्रह गर्न सकिने भन्दै हिन्दू राज्यका विषयमा जनताले सरकारलाई दबाब दिन आवश्यक रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले बिहीबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेसको अन्तिम बिन्दु धर्म स्वतन्त्रता नै रहेको बताए ।

गणतन्त्र र संघीयता जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उनको भनाइ थियो । उनले भने, ‘गणतन्त्र र संघीयता जनआन्दोलनको उपलब्धि हो, मैले यसमा जनमत संग्रह गर्नुपर्छ भन्ने कुरा गरेकै छैन ।’

सरकारले नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहलाई प्रतिबन्ध लगाउनु गलत भएको भन्दै उनले वार्ता र संवादमार्फत् समस्याको सामाधान खोज्नुपर्ने बताए ।

महामन्त्री कोइरालाले सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाए । कांग्रेस प्रतिपक्ष भए पनि सो अनुसारको भूमिका निर्वाह गर्न नसकेको चर्चागर्दै उनले कांग्रेस पूर्वसभापति स्व.गिरिजाप्रसाद कोइरालाको योगदानले देश यहाँसम्म आएको बताए ।


  •  
  •  
  •