जनकवि केशरी धर्मराज थापाको निधन

86
  •  
  •  
  •  

काठमाडौ २८ असोज (ओएनएस) :
जनकवि केशरी धर्मराज थापाको निधन भएको छ। केहीसमयदेखि विरामीले थला पर्नु भएका थापाको आज बिहान निधान भएको छ । थापाको राजधानीमा स्वयम्बुमा रहेको निवासमा ९२ बर्षको उमेरमा निधन भएको हो । थापाको शवलाई श्रदान्जलीका लागि ११ देखि १२ बजेसम्म प्रज्ञाभवनमा राखिने छ । त्यसपछि शवयात्रा सहित पशुपति आर्यघाटमा दाहसस्कार गरिने पािरवारले जनाएको छ ।
पोखराको बाटुलेचौरमा विक्रम सम्वत १९८१ साल साउनमा जन्मएका थापाले दर्जनौ लोकभाका गीत लेखेका छन् । काफल, पाक्यो बरी लै, हरियोडाँडा माथि हलो जोत्ने साथी, हाम्रो तेन्जिङ शेर्पाले, चढ्यो हिमाल चुचुरा, आज मादल बजेको किन , गाउँबेसी दुनियाँ बिउँझाउन, धुरुधुरु नरोऊ जस्ता गीत निकै लोप्रिय छन् ।
नेपाली लोकगीत, लोक संस्कृति र लोकजीवनको अध्ययन र प्रचार प्रसारमा जीवन विताएका थापाले गन्र्धव र सारङ्गीलाई संसारसामु चिनाएका थिए।


  •  
  •  
  •