हिन्दु धर्मगुरु श्रीनिवासमाथि गोली प्रहार, अवस्था गम्भिर

1404
  •  
  •  
  •  

 

काठमाडौं, २५ चैत (अाेएनएस) : विराटनगरमा हिन्दु धर्मगुरुमाथि मन्दिर परिसरमै गोली प्रहार भएको छ। धर्मगुरु श्रीनिवास आचार्यमाथि विराटनगरको रामजानकी मन्दिरमा गोली प्रहार भएको हो। गएराति करिब पौने २ तिर विराटनगर महानगरपालिका – १४ जतुवामा धर्मगुरु आचार्यमाथि गोली प्रहार भएको स्थानीयबासिन्दाले जनाएका छन् ।

तीन गोली लागेका श्रीनिवासको न्यूरो अस्पताल विराटनगरमै उपचार भइरहेको छ । कोशी अञ्चल अस्पतालले उपचार गर्न नसकेपछि न्यूरोमा उपचार भइरहेको र काठमाडौंबाट सर्जनहरुको टोली विराटनगर अाउन लागेको पनि अस्पताल स्राेतले जनाएकाे छ।

धर्मगुरु आचार्यकाे दाहिने छातीमा गोली लागेको मोरङका एसपी अरणकुमार बिसीले बताए। आक्रमणपछि गोली हान्नेहरु मोटरसाइकलमा भागेका स्थानीयबासिन्दाले बताएका छन्।  गोली हान्नेहरुकाे खाेजीकार्य तिब्ररुपमा भइरहेकाे प्रहरीले जनाएकाे छ।

सुनसरीको चतारा धाममा बस्दै आएका श्रीनिवासलाई फोनबाट यसअघि पनि पटकपटक गोली हान्ने धम्की आउने गरेको थियो ।


  •  
  •  
  •