धरानको मतगणना स्थगित, पुनः मतगणनाको माग गर्दै धर्ना

269
  •  
  •  
  •  

धरान, २० असार (ओएनएस) : दलहरुले एक चुनाव चिन्हको मत अर्को दलको चुनाव चिन्हमा गणना गरेको भन्दै विवाद गरेपछि धरान उपमहानगरपालिकाको मतगणना स्थगित भएको छ ।

विवादपछि मंगलबार नै निर्वाचन आयोगका गणक कर्मचारी मानबहादुर कार्की र धनकुमार राईलाई मतगणना स्थलबाट निस्काशन गरिएको छ ।

उनीहरुमाथि माओवादी केन्द्रले पाएको ५० मत एमालेको सूचीमा राखेको आरोप छ । त्यसैगरी, हँसिया हथौडा चिन्हमा परेको मतलाई हँसिया तारामा परेको भन्दै मालेको सूचीमा राखिदिएको आरोप पनि दलहरुले लगाएका छन् ।

यहि विवादकै कारण धरानको मतगणना स्थगित भएको छ । विवाद समाधान गरेर मतगणना सुचारु गर्नका लागि सहमतीको प्रयास भएपनि सफल हुन सकिरहेको छैन ।

असन्तुष्ट पक्ष कांग्रेस र माओबादी केन्द्रले विवाद सृजना भएका वडा नम्बर ९ र ११ को पुनः मतगणना गरिनुपर्ने माग पनि गरेका छन् ।


  •  
  •  
  •