धरान–धनकुटा सडक : गोर्खा सैनिकहरुको योगदान र बलिदानको प्राप्ती

  •  
  •  
  •  

धनकुटा, १६ मंसिर : निर्वाचन आउने बित्तिकै धरान–धनकुटा सडक निर्माणको चर्चा हुने गरेको छ । धरान–धनकुटा सडक अर्थात् मदनभण्डारी राजमार्ग तत्कालिन प्रधानमन्त्री स्वा. सूर्यबहादुर थापाले बनाएको दाबी सहित मत मागिदै आएको छ । तर, ५२ किलोमिटर लामो यो सडक गोर्खा सैनिकहरुको योगदान र बलिदानको कारण बेलायत सरकारले निर्माण गरीदिएको हो । नेपालको पूर्वी पहाडी खण्डको मध्य भागमा पर्ने धनकुटा जिल्लाको दक्षिण र पश्चिमचर्फ चुरे पहाडको भीर र तमोर नदीले निर्माण गरेका चट्टानयुक्त पहरा तथा साँघुरा घाँटीहरूको बिचमा यो सडक पर्दछ । धरान–धनकुटा सडक २०३३ सालतिर बेलायत सरकारकोे सहयोगमा बेलायत नेपाल सडक परियोजना अन्र्तगत सुरु गरिएको हो । तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाको पहल र नेतृत्वमा बनाइएको भन्ने दाबी पूूर्णत गलत भएको ब्रिटिस गोर्खा सैनिकहरुका अधिकारीहरुको भनाई छ । २०३१ साल फागुनमा राजा विरेन्द्रको शुभ राज्यभिषेकको उपलक्ष्यमा तत्कालिन बेलायती अधिराजकुमार र राजा विरेन्द्रवीच १८ करोड रुपैयाँमा धरान धनकुटा सडक निर्माण सम्झौता भएको थियो ।

सम्झौता पछि २०३३ सालमा मुलघाटमा राजा विरेन्द्रले उक्त सडकको शिलान्यास गरेका थिए । त्यसबेला नेपालका प्रधानमन्त्री तुलसी गिरी थिए ।  प्रधानमन्त्रीबाट अपदस्त गरेको रिसले २०२९ सालमा कालो टिका लगाई अनसन वस्दा पनि राजा महेन्द्रले वेवास्ता गरेपछि राजा विरुद्ध सत्याग्रह थालेका सुर्यबहादुर थापालाई पक्राउ गरी २१ महिना थुनामा राखिएको थियो । २०२९–२०३१ सम्म जेल बसेर निस्किए पछि पनि दरबारले वास्ता नगरेकै कारणले सुर्यबहादुर थापा कर्णेल भक्तबहादुर बस्नेतसंग चुनाव लड्न समेत नसक्ने अवस्थामा पुगेका थिए । त्यतिबेलासम्म धरान धनकुटा सडक निर्माण कार्य धमाधम भईरहेको थियो । वि.सं २०३८ सालमा नै धरानको जिरो प्वाइन्टबाट धनकुटा सदरमुकामसम्म बाटो कालोपत्रे गर्ने काम भएको हो ।

२०४३ सालमा धनकुटा सदरमुकामदेखि हिले खण्डसम्म कालो पत्रे गरिएको थियो । कोशी राजमार्गको भेडेटार–धनकुटा सडक खण्ड ३६ किलोमिटरलाई मदन भण्डारी मार्गको रूपमा नामाकरण गरिएको छ । यस कारण बेलायतले बनाइदिएको थियो यो सडक यो सडक निर्माण नभएसम्म पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ(केहीभाग) का सर्बसाधरणहरु हिडेर नुन लगायतका दैनिक उपभोग्य बस्तु लिन धरान झर्नु पर्दथ्यो । बेलायती सेनामा भर्ती हुने गोर्खा सैनिकहरुको मुख्य थाकथलो धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ नै हो । यी सबै जिल्लाका गाविसहरुमा बेलायती सेनामा भर्ती गर्नका लागि भर्ती केन्द्रहरु खोलिएको थियो । पहिलो, दोस्रो र अनेकौं क्षेत्रिय युद्धहरुमा यस क्षेत्रका लाखौं युवाहरु बेलायती सैनिकमा भर्ती भएका थिए ।

यस कारण हजारौंका संख्या ब्रिटिस सेनाका अधिकारीहरु हिड्ने बाटो पनि थियो, धरान–धनकुटा । यही कारण बेलायत सरकारले यो बाटो निर्माणको लागि नेपाल सरकारसँग चासो र प्रस्ताव राखेका थिए । यो सडक निर्माण भए धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङमा सञ्चालन हुने भर्ती केन्द्र र अन्य गतिबिधिहरु सजिलो हुने ब्रिटिस अधिकारीहरुको अध्यायन थियो । तर, यो सडक निर्माणमा प्रत्यक्ष रुपमा गोर्खा सैनिकहरुकै लगानी रहेको ब्रिटिस अधिकारीहरु बताउँछन् । गोरखाकल्याणकारी कोष अन्र्तगतको पैसालाई यहाँ प्रयोग गरिएको उनीहरुको भनाई छ ।

के हो गोरखाकल्याणकारी कोष ?
बेलायत महरानी संरक्षक रहेको गोरखाकल्यणकारी कोष अवकास प्राप्त गोर्खा सैनिकहरुको हितमा प्रयोग गर्न स्थापना गरिएको कोष हो । जुनमा कोषमा अहिले पनि अरबौं पाउन्ड पैसा छ । पहिलो र दोस्रो विश्वयुद्धपछि गोर्खाहरुलाई नै प्रयोग गरेर गोर्खा हेड थाप्न लगाएर संसारभरीबाट पैसा उठाइएको थियो । त्यही पैसा गोरखाकल्यणकारी कोषमा राखिएको छ । यस बाहेक गोर्खाहरुको सेवा बापतको निश्चित रकम कटाएर गोरखाकल्यणकारी कोषमा राख्ने गरिन्छ । त्यही कोषको पैसालाई बेलायती परियोजना अन्र्तगत नेपालमा लगानी गर्ने गरिएको छ ।

गोरखाकल्यणकारी कोष पूर्णत गोर्खा सैनिकहरुको रगत र पसिनाको जगमा बनेको गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राई बताउँछन् । त्यही कोषबाट यो सडक निर्माण गरिएको कारण यो सडकलाई गोर्खाहरुको योगदान र बलिदानको प्राप्ती भन्न सकिने उनको भनाई छ ।


  •  
  •  
  •