धरान उपमहानगरपालिकामा कांग्रेसका राई विजयी

49
  •  
  •  
  •  

धरान । सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् । नेकपाका उम्मेदवारलाई उनले २७ सय मतान्तरले पराजित गरेका हुन् ।

उनको जितसँगै धरानमा बहुदल आएको २९ वर्षपछि कांग्रेसले पहिलोपटक नेतृत्व पाएको छ ।
२०७४ को निर्वाचनमा धरान उपमहानरपालिकाबाट एमालेका तारा सुब्बा चार हजार मतान्तरले विजयी भएका थिए । त्यतिबेला कांग्रेसका उम्मेदवार तिलक राई पराजित भएका थिए ।


  •  
  •  
  •