
धनुषा । धनुषा गस्तीमा खटिएको प्रहरी टोलीमाथि लुटेरा समूहले आक्रमण गरेको छ ।
महोत्तरीको भंगहा नगरपालिकामा खटिएको गस्ती टोलीमाथि लुटेराहरुले आक्रमण भएको हो ।
भंगहा ७ का अमित पासवानको घरमा लुटपाट भइरहेको सूचना पाएपछि टोली खटिएको थियो । लुटेरा समूहको आक्रमणबाट एकजना प्रहरी सहायक निरीक्षक (असई) घाइते भएका छन् ।
आक्रमण गर्ने ५ जनालाई नियन्त्रणमा लिइएको धनुषा प्रहरीले जनाएको छ ।