राप्रपा उम्मेदवारको घरमा बम विस्फोट, सुरक्षा व्यवस्था कडा

125
  •  
  •  
  •  

bomb

धनुषा, २३ भदौ (ओएनएस) : राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) को तर्फबाट धनुषाधाम नगरपालिकाका प्रमुख पदका उम्मेदवार प्रक्षा शाह मल्लाको घरमा अज्ञात समूहले बम विस्फोट गरेको छ ।

बिहीबार राति घरको कम्पाउण्डभित्र गएर बम विस्फोटन गराएको प्रहरीले जनाएको छ । सो घटनापछि धनुषाधामको सुरक्षा अवस्था अत्यन्तै कडा बनाइएको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए ।

विस्फोट घरको कम्पाउण्डमा भएकाले कुनै मानवीय क्षति भने भएको छैन । बम विस्फोटनपछि प्रहरी निरीक्षकको कमाण्ड टोली घटनास्थलस्थलमा राति नै पुगेर घटनामा संलग्नको खोजी कार्यसहित अनुसन्धान शुरु गरिसकेको प्रहरी नायब उपरीक्षक धितालले बताए ।


  •  
  •  
  •