प्रदेश राजधानीको माग गर्दै धनकुटा बन्द

187
  •  
  •  
  •  

धनकुटा, ३ पुस (ओएनएस) : प्रदेश नम्बर १ को राजधानी धनकुटालाई बनाउनुपर्ने माग गर्दै स्थानीय बासिन्दाले धनकुटाका बासिन्दाले जिल्ला बन्द गराएका छन् । बन्दका कारण सोमबार जिल्लाका बजार र यातायात ठप्प छन् ।

आइतबार क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरेर सरकारलाई ज्ञापनपत्र बुझाएका स्थानीयले सोमबार बिहानैदेखि बजार बन्द गराएका हुन् ।

एम्बुलेन्ससहित अत्यावश्यक सवारी साधानलाई भने सहज रुपमा चल्न दिएको आन्दोलनको नेतृत्व गरिरहेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले बताए ।


  •  
  •  
  •