धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी

76
  •  
  •  
  •  

काठमाडौं । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचति भएका छन् । नेपाली कांग्रेसका नृपबहादुर वडलाई १२ हजार ४८ मतान्तरले हराउँदै उनी विजयी भएका हुन् ।

उम्मेदवार हमालले २६ हजार ८ सय ६५ मत ल्याउँदा निवर्तमान मेयर वडले १४ हजार ८ सय १७ मत ल्याए ।

एमालेका रणबहादुर चन्दले ९ हजार १ सय १५ मत ल्याए । २०७४ सालको पालिका चुनावमा हमाल कांग्रेसका वडसँग पराजित भएका थिए ।

यस्तै, उपमेयरमा भने एमालेकी कन्दकलाकुमारी राना विजयी भएकी छन् । माओवादी केन्द्रकी शान्ति अधिकारीलाई २ हजार ८ सय मतान्तरले पराजित गर्दै उनी विजयी भएकी हुन् ।

रानाले १५ हजार ४ सय ७९ मत पाउँदा अधिकारीले १२ हजार ६ सय ७० मत मात्रै प्राप्त गरिन् ।


  •  
  •  
  •