धनगढी प्रिमियर लिग २२ दिन पर सर्यो

121
  •  
  •  
  •  

dhangadhi cricket leagueकाठमाडौं, २ चैत (ओएनएस) : चैत ५ गतेदेखि आयोजना हुने भनिएको धनगढी प्रिमियर लिग (डिपिएल) २२ दिन पर सरेको छ ।

डिपिएलको पूर्वनिर्धारित समयमा एसियन क्रिकेट काउन्सिल (एससिसी) ले एसीसी इमर्जिङ टिम्स कप आयोजना गर्ने भएपछि डिपिएल सारिएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।

उनका अनुसार डिपिएल अब चैत्रत२७ गतेदेखि वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ ।

यसअघि आयोजनाका लागि निर्धारण गरेको चैत ५ गतेलाई प्रभावित हुने गरी एसीसीले इमर्जिङ कप आयोजना गर्ने भएकाले राष्ट्रिय क्रिकेटको बृहत्तर विकासलाई ध्यानमा राख्दै प्रतियोगिता पछि सारिएको आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

डिपिएलमा देशभरिका विभिन्न ६ टिमको सहभागिता रहनेछ । काठमाडौं, विराटनगर, भैरहवा, धनगढी, अत्तरिया र कञ्चनपुर सहभागी टिम हुन्। टिममा सहभागी हुने खेलाडीका लागि काठमाडौंमा अक्सन गरिएको थियो ।

काठमाडौंको कप्तानमा बसन्त रेग्मी, भैरहवाको शक्ति गौचन, धनगढीको पारश खड्का, अत्तरियाको ज्ञानेन्द्र मल्ल र कञ्चनपुरको विनोद भण्डारीले प्रतिनिधित्व गर्दैछन् ।


  •  
  •  
  •