धनगढीमा दुर्घटनाबाट जोगियो विमान, परीक्षणको लागि टोली जाँदै

307
  •  
  •  
  •  

काठमाडाैँ, १४ बैशाख (अाेएनएस) : सौर्य एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ। शुक्रबार कैलालीको धनगढी क्षेत्रिय विमानस्थलमा उक्त एयरलाइन्स दुर्घटनाबाट जोगिएको हाे।

सौर्य एयरलाईन्सको नाईन एन एएमई नम्बरको जहाज अवतरण गर्दा अघिल्लो भागमा चरा ठोकिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विनोद घिमिरेका अनुसार चरासँग ठोकिएको विमानलाई बिमानस्थलमा पार्किङ स्थलमा राखिएको छ ।

काठमाडौंबाट ईन्जिनियरको टोली बोलाएको र परिक्षणपछि मात्रै उडान भर्ने अवस्था भए नभएको जानकारी हुने उनले बताए।


  •  
  •  
  •