धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड

224
  •  
  •  
  •  

dhn
धनगढी, २२ साउन (अाेएनएस) : प्रदेश नम्बर ७ को एक मात्र उपमहानगरपालिका कैलालीको धनगढी उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०७४÷०७५ का लागि एक अर्ब १४ करोडको बजेट सार्वजनिक गरेको छ ।

प्रथम नगरसभा अधिवेशन मार्फत उपमहानगरपालिकाका प्रमुख नृप ओडले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै धनगढीको चालू आर्थिक वर्षको अनुमानित आयव्यय बजेट एक अर्ब १४ करोड ४९ लाख ५९ हजार बजेट प्रस्तुत गरे ।

उपमहानगरपालिकाले प्रस्तुत गरेको बजेट, नीति तथा कार्यक्रम विगतको तुलनामा विकासमुखी रहेको बौद्धिकवर्ग तथा नगरवासीले प्रक्रिया दिएका छन् ।


  •  
  •  
  •