एउटा ज्याद्रो धामी, जो घण्टको रालो निल्छन्

174
  •  
  •  
  •  

काठमाडौं २ असोज ।
महावैपातरखोला १ का जनकवहादुर शाही एक सातादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार गराइरहेका छन । भगवान चढेको वेला घण्टाको राला निलेको र अछुतले छोएका कारण पेटमै अटकिएको भन्दै उनी अस्पताल आएका थिए ।

धामी झाँक्रीको काम गर्ने शाहीले राला (फलामको टुक्रा) निलेको भनिरहँदा डाक्टरलाई विश्वास समेत लागेको थिएन । शल्याकृया अघि उनीसँग डाक्टर निरेश थापाले अन्तरवार्ता लिए । उनले भगवान चढेको वेला निलेको, भिद गर्ने वेला अछुतले छोएकोले पेट भित्रै रहेको भन्ने जवाफ दिए । छ । उनले जसरी पनि शल्याकृया गरी निकाल्दिनु पर्‍यो भन्दै गुहार लगाए ।

‘हामीले सोचेका पनि थिएनौं । साच्चै रहेछ छक्क पर्‍यौ,’ डा. थापाले भने ।  शाहीको पेटबाट ९ देखि १५ सेन्टिमिटर लामो चार वटा राला (फलामको टुक्रा) झिकिएको उनले जानकारी दिए । कान्तिपुरबाट


  •  
  •  
  •