पत्रकार धामी बचाउ अभियान

42
  •  
  •  
  •  

अछाम,मंसिर २८ (ओएनएस) :  नेपाल पत्रकार महासंघ अछाम शाखा सहसचिब तपेन्द्र धामी बचाउ अभियान सुरु भएको छ । शनिबार विनायक बजार नजिकै मोटरसाईकल दुर्घटनमा गम्भिर घाईते धामीको बचाउ अभियान सुरु भएको छ । धामी रेडियो पञ्चदेवल अछामका स्टेशन म्यानेजर पदमा कार्यरत छन् ।

धामी घरबाट रेडियोको अफिस आउदै गर्दा दुर्घटनामा परेका थिए । पत्रकार महासंघ अछामको आकस्मिक बैठकले घाईते धामीको उपाचारका लागी आर्थिक सहयोग गर्न सबैमा अपिल गरेको छ । वस्टर्न हस्पिटल प्रालि नेपालगंजमा उपचारार्थ धामीको दुईवटै खुट्टा र एक हात भाचिनुका साथै शरिरका विभिन्न भागमा गम्भिर चोट लागेको छ ।

उनको उपाचारका लागी पत्रकार महासंघ शाखा अछामका पदाधिकारीहरुबाट ४ हजार जम्मा गरीएको महासंघका कार्यवाहक अध्यक्ष खम्म खत्रिले जानकारी दिएका छन् । बैठकले पत्रकार धामीको उपाचारका लागी सहयोग गरीदिन पत्रकार महासंघको केन्द्रिय कार्यालय लई समेत जानकारी दिने निर्णय गरेको छ ।


  •  
  •  
  •