महाकालीमा बेपत्ता धामीको खोजी जारी

139
  •  
  •  
  •  

काठमाडौं । दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा जयसिंह धामी बेपत्ता भइरहेकोबारे घटनास्थलमा अनुसन्धान जारी रहेको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय (दार्चुला) बाट नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोली हिजै ९शनिबार० घटनास्थल पुगेर बेपत्ताको खोजी र घटनाको अनुसन्धान गरिरहेका हुन्।

यही साउन १५ गते दार्चुलाको ब्याँस गाउँपालिका–२, खाङदाङ मालघाटबाट तुइन चढेर महाकाली नदी पार गर्ने क्रममा स्थानीय ३३ वर्षीय जयसिंह धामी अचानक खसी नदीमा हराएका हुन्।
भारतको बाटो हुँदै खलंगा आउने क्रममा उनी तुइनबाट नदीमा खसेका थिए। भारतीय सीमा सुरक्षा बल ९एसएसबी० का जवानले तुइन काटिदिएका कारण उनी नदीमा खसेको आरोप लागेको छ।

तर घटनबारे अनुसन्धान भइरहेकाले यथार्थ आउन बाँकी रहेको गृह मन्त्रालयले जनाएको छ। तसर्थ वास्तविकता थाहा नहुन्जेल घटनबारे भ्रम सिर्जना हुने खालका सूचना सम्प्रेषण नगर्न मन्त्रालयले सबै पक्षसँग आग्रह गरेको छ।

‘घटनास्थल सदरमुकामबाट ५ घण्टा पैदल दूरीमा रहेको हुँदा उक्त टोली फर्किएपश्चात् यथार्थ जानकारी प्राप्त हुने नै छ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनाको अनुसन्धान तथा छानबिनको क्रम जारी रहेकाले सत्यतथ्य पुष्टि भइनसकेको अवस्थामा भ्रम सिर्जना हुनेगरी सूचना/समाचार प्रकाशन नगरिदिनहुन सम्बन्धित सबैमा गृह मन्त्रायल हार्दिक अनुरोध गर्दछ।’


  •  
  •  
  •