सरकार नै मिसाउँछ बागमतीमा ढल

197
  •  
  •  
  •  

काठमाडौं : बागमती सफाइ महाअभियानको सय साता पुगेको अवसरमा उपत्यकामा भव्य कार्यक्रम आयोजना भइरहेका बेला ललितपुरको नख्खु खोलामा भने सरकारकै एक जिम्मेवार निकायले सीधै ढल मिसाइरहेको छ।
स्थायी सरकारका नेता मुख्य सचिव लीलामणि पौडेलको अगुवाइमा लाखौं सर्वसाधारण बागमती सफाइमा जुटिरहे पनि गृह मन्त्रालयअन्तर्गत कारागार कार्यालय नख्खु (ललितपुर) ले नख्खु खोलामा ढल र सेफ्टी ट्यांकको फोहोर मिसाएको छ। नख्खु खोला चोभारनजिक पुगेर बागमतीमा मिसिन्छ।
नख्खु पुलदेखि दक्षिणपट्टि कारागारले झाडीभित्रबाट लुकाएर खोलामा ढल मिसाएको छ। ढलले खोलाको किनारवरपर हिलाम्मे छ। खोलामा कारागारबाट निस्किएको ढल र सेफ्टी ट्यांकीको फोहोर पानीमात्रै छ।
करिब सात वर्षअघिदेखि कारागारले नियमित रूपमा खोलामा ढल मिसाइरहेको छ। कारागार परिसरमा भएका विभिन्न कार्यालयमध्ये सशस्त्र प्रहरीका दुईवटा कार्यालयको ढलसहितको फोहोर सीधै खोलामा मिसाइएको छ। कार्यालयभित्र रहेका अन्य सेफ्टी ट्यांकीहरूसमेत भरिने अवस्थामा पुगेको कारागारका अधिकारीले बताएका छन्।
सर्वसाधारण जुटेर बागमती सफा गरिसकियो, सरकारले नै आफ्ना घर कम्पाउन्ड सफा गर्न सकेन भने योभन्दा लाजमर्दो के हुन्छरुु (डा। कृष्णचन्द्र पौडेल, सचिव, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय
स्थानीय बासिन्दाले सेफ्टी ट्यांकी र ढलको फोहोर सीधै खोलामा मिसाउँदा दुर्गन्ध फैलिएको भन्दै त्यसको व्यवस्थापन र कारबाहीका लागि विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयमा उजुरी दिए पनि सुनुवाइ भएको छैन।

पाँच वर्ष नख्खु कारागारमा बिताएका लेखापाल प्रह्लाद खड्काले सातरआठ वर्षदेखि बिनाहिच्किटावट ढल र सेफ्टी ट्यांकीको फोहोर खोलामा मिसाइरहेको बताए। उनले भने, ‘हामीले देख्दा यस्तै थियो। ढल व्यवस्थापनका लागि बजेट नहुँदा अहिले पनि समस्या जस्ताको तस्तै छ।’

हालसालै वातावरण मन्त्रालयले गृह मन्त्रालयलाई ढलको फोहोर खोलामा नखसाल्न आवश्यक व्यवस्था गर्न पत्र पठाएको छ। तर अहिलेसम्म कुनै कारबाही वा व्यवस्थापनको प्रक्रिया अघि बढेको छैन।

वातावरण मन्त्रालयले स्थानीय बासिन्दाबाट बारम्बार आएको गुनासोका आधारमा तत्काल ढल व्यवस्थापनका लागि अनुरोध गरेको थियो। पत्र प्राप्त भएपछि गृहले कारागार व्यवस्थापन विभागलाई ढलको आवश्यक प्रबन्ध मिलाउने पत्र पठाएको छ।

कारागार व्यस्थापन विभागका महानिर्देशक हिमनाथ दवाडीले गृहले पठाएको पत्र भर्खरै पाएको जानकारी दिँदै ढलको आवश्यक व्यवस्थापनका लागि न खु कारागारलाई निर्देशन दिने बताए।

विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा। कृष्णचन्द्र पौडेलले सरकारकै लागि यो विषय लाजमर्दो भएको बताए। उनले भने, ुसर्वसाधारण जुटेर बागमती सफा गरिसकियो, सरकारले नै आफ्ना घर कम्पाउन्ड सफा गर्न सकेन भने योभन्दा लाजमर्दो के हुन्छरुु

यसअघि कारागारको सेफ्टी ट्यांकीको फोहोरबाट बायोग्यास प्लान्ट निर्माण गर्न विभिन्न अध्ययनअनुसन्धान भएका थिए। कारागारका अधिकारीका अनुसार अध्ययन गर्नेबाहेक कसैले केही काम गरेन। अहिले पनि बायोग्यास प्लान्ट बनाउनेबारेमा छलफल भइरहेको दवाडीले बताए। ुसुरुमा प्लान्ट बनाउने भन्ने तर पछि पैसा छैन भनेर तर्किने प्रचलन छ।ु

नख्खु  कारागारका एक पूर्वजेलरका अनुसार खोलामा ढल मिसाउँदा गर्मी मौसममा त वरपर दुर्गन्धले बस्नै नसक्ने हुन्छ। स्थानीय बासिन्दा नरमाया डंगोलले भनिन्, ‘घरभित्र बस्दा, सुत्दा पनि नाक थुन्नुपर्छ। गनाएर बस्नै सकिँदैन।’

काठमाडौंका नदी प्रणालीमा सबैभन्दा ठूलो समस्या नै बस्तीको ढल खोलामा मिसाउनु हो। सरकारले सिनामंगल पुलसम्म ढलका लागि छुट्टै पाइप बिछ्याइसकेको छ भने नख्खु खोलामा पनि ढल निर्माण काम अघि बढाइरहेको छ।
अन्नपूर्णपोष्टमा पिताम्बर सिग्देलले लेखेका छन् ।


  •  
  •  
  •