‘पीडा’मा अर्काे पीडा, विषाक्त खाना खाँदा चार गम्भिर

124
  •  
  •  
  •  

dhading_districtकाठमाडौ, ७ असार(ओएनएस) : विषाक्त रोटी खाँदा आठ जनाको मृत्यु भएको घटना खेलाउन नपाउँदै धादिङको पीडा गाविसमा विषाक्त खानाकै कारण चार जना विरामी परेका छन् ।

विषाक्त मकैको ढिँडो र गुन्द्रुक खाएपछि बिरामी उनीहरु विरामी परेका हुन् । धादिङको पीडा गाविस वडा नम्बर ८ का  चारजनाको मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भूमा उपचार भइरहेको छ । उनीहरुको आइसीयूमा उपचार भैरहेको छ ।

विषाक्त मकैको ढिँडो र गुन्द्रक खाँदा पिडा–८ का ८५ वर्षीय लालबहादुर तामाङ, ४० वर्षीय सुनबहादुर तामाङ, ४१ वर्षीया सानीमाया तामाङ र १५ वर्षीया नक्कली तामाङ बिरामी परेका हुन् । आइतबार राति अस्पताल भर्ना भएका एकै परिवारका चारमध्ये लालबहादुर तामाङको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

यसअघि गत फागुनको अन्तिम साता विषाक्त गहूँको रोटी खादा एकै परिवारका ६ जनाको मृत्यु भएको थियो भने  १५ जना विरामी परेका थियो । विरामी मध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

सम्बन्धित समाचारहरु :

रोटीले लियो एकै परिवारका ६ को ज्यान, १५ विरामी

गरिबी निवारण कोषका ‘किर्ना’ र ‘पीडा’का असली गरिबहरु


  •  
  •  
  •