धादिङमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु

208
  •  
  •  
  •  

धादिङ । धादिङमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।  सोमबारराति पहिरोले घर बगाउँदा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ खबासेक २५ वर्षीय मिलन खाँण, उनको २२ वर्षीया श्रीमती सम्झना खाँण र १८ महिनाकी छोरी अन्जिताको मृत्यु भएको हो ।

पहिरो जाँदा घर बाहिर रहेका बुवा, आमा र भाइ भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । एउटा मात्र घर पहिरोले बगाएको र बाँकी ५ घर जोखिममा रहेको तथा ती परिवारलाई सामुदायिक भवनमा राखिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

निरन्तरको वर्षाले जिल्लाको उत्तरी क्षेत्र र राजमार्ग क्षेत्रमा क्षति पुर्‍याएको छ । धादिङ र चितवन जोड्ने मौवाखोलाको पुल भत्किदाँ आवातजावत ठप्प छ । पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।


  •  
  •  
  •