गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेद

76
  •  
  •  
  •  

काठमाडौं । गायक रामकृष्ण ढकाल र उनकी श्रीमती नीलम शाहबीच सम्बन्धविच्छेद भएको छ । जिल्ला अदालत काठमाडौंमा उनीहरुले बुधबार सम्बन्धविच्छेद गरेका हुन् ।

उनीहरुले मंगलबार जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका थिए । न्यायाधीश विदुर कोइरालाको इजलासले सम्बन्धविच्छेदको निर्णय सुनाएको हो । ढकाल दम्पतीकी छोरी रानी आमासँग बस्‍ने तर उनको पठनपाठन र लालनपालन दुवैले गर्ने सहमति भएको छ ।


  •  
  •  
  •