विकास बैंकहरुकाे ऋण प्रवाह पौने ३ अर्ब भन्दा बढी

53
  •  
  •  
  •  


काठमाडौं । विकास बैंकहरुको ऋण प्रवाह बढेको छ । राष्ट्रिय स्तरका विकास बैंकहरुले एक सातामै करिब पौने ३ अर्ब भन्दा बढी ऋण प्रवाह गरेका हुन् । विकास बैंक संघका अनुसार एक हप्तामा विकास बैंकहरुले २ अर्ब ८९ करोड १६ लाख रुपैयाँ ऋण वृद्धि गरेको हो ।

भदौ २५ गतेसम्ममा विकास बैंकहरुले ३ खर्ब ६८ अर्ब ८० करोड ५० लाख रुपैयाँ ऋण प्रदान गरेका छन् ।

यो गत हप्ताभन्दा करिब शून्य दशमलब ७९ प्रतिशतले बढी हो । एक हप्तामा राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप भने ९८ करोड २१ लाख रुपियाँले मात्र वृद्धि भएको हो ।

भदौ २५ गतेसम्म कुल राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप ४ खर्ब १६ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ रहेको छ ।


  •  
  •  
  •