राप्रपा फुट्यो, राणाको नेतृत्वमा नयाँ दल दर्ता

249
  •  
  •  
  •  

Pashupati-Shumsher
काठमाडौं, २२ साउन (ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटेको छ । राप्रपाका बरिष्ठ नेता पशुपति शमशेर राणाले निर्वाचन आयोगमा आफ्नो नेतृत्वमा नयाँ दल दर्ता गरेका छन् ।

उनले नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक राखेर दर्ता गराएका छन् । उनले २२ जना सांसदसहित नयाँ पार्टी गठन गरेको दाबी गरेका छन् ।

उनका अनुसार अब कमल थापा नेतृत्वको राप्रपासंग १५ सांसद मात्र छन। पार्टी एकीकरण हुनुअघि अघि थापा नेतृत्वको तत्कालिन राप्रपा नेपालसंग २४ सांसद थिए भने राणा नेतृत्वको राप्रपासंग १३ सांसद मात्रै थिए ।

अध्यक्ष थापा र बरिष्ठ नेता राणबीच संविधान संशोधन लगायतका विषयमा कुरा नमिल्दा पार्टी एकीकरण भएको आठ महिनामै पार्टी विभाजित भएको छ । अन्य विषयहरुमा पनि थापा र राणाबीच मत मतान्तर हुँदै आएको थियो ।


  •  
  •  
  •