बलिउडका स्टार नायक अजय देवगन हलिउडकी एक नायीकाको चक्करमा फसेका छन् । अजय अभिनेत्रीको ‘ओके’ शब्द कुरिरहेका छन् । भारतीय सञ्चारमाध्मयहरूका अनुसार आफ्नो आगामी चलचित्र ‘शिवाय’ को तयारीमा व्यस्त छन् । तर, उनी चलचित्रमा हलिउडकी नायीका निकोल किडम्यानलाई चलचित्रमा नायीकाको भूमिका दिने प्रयास गरिरहेका छन् ।
अजय आफै यस चलचित्रको निर्देशन गर्नेछन् । बलिउडका जानकारहरूका अनुसार किडम्यानसँग अजयको प्रस्ताव त पुगिसकेको छ, तर अहिलेसम्म ती नायीकाले ‘ओके’ भनेकी छैनन् ।
चलचित्र शिवायलाई अजय देवगनको सबैभन्दा महत्वकांक्षी पोजेक्ट रहेको बताइएको छ । चलचित्रको सुटिंग जनवरीको अन्ततिर क्यानडामा गरिने छ । देवगन फिल्मलाई अन्तराष्ट्रिय स्तरमा रिलिज गर्ने तयारीमा लागेका छन् । यसक लागि उनले अन्तराष्ट्रिय स्टारका साथ विश्वस्तरको प्रविधीहरूलाई पनि जोड दिइरहेका छन् ।
यस चलचित्रमा हलिउडको निकै चर्चित द्धन्द्ध प्रधान चलचित्र ‘दी फास्ट एण्ड फ्युरियस’का द्धन्द्ध निर्देशकलाई द्धन्द्ध निर्देशनको जिम्मा दिइने भएका छन् । यदी किडम्यानले पनि अजयसँग काम गर्न तयार भइन भने यो नयाँ वर्ष बलिउडका लागि निकै ठूलो समाचार हुनेछ । चलचित्रमा अजयले सायरा बानूकी नातीनी मानिने सायशालाई चलचित्रमा डेब्यू गराउने भएका छन् ।