प्रधानमन्त्रीबाट ओलीलाई हटाउने बेला भएको छैन् : नेता पौडेल

171
  •  
  •  
  •  

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता देवेन्द्र पौडेलले सरकार र पार्टी सञ्चालनको लागि दुई अध्यक्षबीच पाँचबुँदे सहमती भएको बताएका छन् ।

लिखित रुपमा भएको पाँचबुँदे सहमति पालना गरेर मात्र सरकार र पार्टी चलाउनु पर्ने पौडेलले बताए ।
प्रचण्ड ओलीसहितको सहमतिकै आधारमा सरकार र पार्टीको गतिविधि अघि बढ्ने विषयमा कसैले पनि शंका उपशंका गर्न नहुने नेता सुनिलले बताए ।

स्थायी समितिका सदस्यसमेत रहेका नेता पौडेलले दुई अध्यक्षवीच भएको लिखित पांचबुंदे सहमति नक्कली नभइ, सक्कली भएको बताउँदै नेता पौडेलले भने दुवै अध्यक्षको हस्ताक्षरसहितको लिखित सहमती नै सरकार र पार्टी सञ्चालनको प्रमुख आधार हो । यो सत्य र तथ्यलाई तोडमोड गर्ने सकिदैन ।

रिपोर्टर्स क्लवले शनिबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै लिखित सहमति भएपनि अहिल्यै प्रधानमन्त्रीबाट ओलीलाई हटाउने वेला नभएको बताए ।

लिखित सहमती अनुसार ढिलो चाँडो भने फेरबदल हुने नेता पौडेलको भनाइ छ । सरकारलाई प्रभावकारी बनाउनका लागि मन्त्री मण्डल फेरवदल गर्न सकिने बताउंदै दुई तिहाइ सरकारको अर्को विकल्प नभएकाले प्रभावकारीका लागि सरकारको थपघट हुन सक्ने बताए ।

सांसद समेत रहेका नेता पौडेलले विद्येयक ल्याउंदै फिर्ता गर्दै गरेकाले सरकारको कमजोरी देखिएको वताए । निर्मला हत्याकाण्ड, भ्रष्टाचार, महगी, शुसासन कायम गर्ने र सामाजिक उत्तरदायित्वको विषयमा सरकारको केही कमजोरी रहेको बताए।

सरकारको आलोचना मात्र गरेर नहुने र भएका कामहरुको सर्मथन पनि गर्नुपर्ने सांसद पौडेलको भनाइ छ ।
नीती, कार्यक्रम र वजेट कार्यान्वयनको पक्षमा सरकार रहेको उल्लेख गर्दै क्रमिक रुपले देशको विकासले गतिलिंदै गरेको बताए । पौडेलले विप्लव नेतृत्वको नेकपालाई हतियारको गतिविधि रोकेर वार्तामा आउन आग्रह गरे ।
विप्लव नेकपाको मुद्वा राजनीतिक मुद्वा भएको उल्लेख गर्दै सरकारले पार्टीलाई प्रतिबन्द नलगाई हतियारको गतिविधिलाई प्रतिबन्द लगाएको बताए ।

डाक्टर बाबुराम भट्टराई नेतृत्वको पार्टीसंग आधारभूत एजेण्डा मिले हिजोसंगै भएजस्तै गरी भोलीका दिनमा पनि एकताका साथ एकै ठाउँ हुन सकिने बताए ।


  •  
  •  
  •