काठमाडौ, २२ मंसिर(ओएनएस) : झन्डै साढे ३२ करोड रुपैंया अपचलन गरेको अभियोगमा तत्कालिन बुटवल फाइनान्स् लिमिटेडका कार्यकारी अध्यक्ष देवेन्द्रप्रसाद ध्वजुलाई प्रहरीले सोमबार प्रक्राउ गरेको छ ।
ध्वजुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) पक्राउ गरेको हो । ध्वजुलाई बिभिन्न ब्यक्ति र कम्पनीको नाममा कर्जा दिदा धितो राखिएको सम्पतीको अधितम मुल्यांकन गरेको, मिलोमतोमा फाइनान्सको कर्जा र कोष दुरूपयोग गरेको लगायतका विभिन्न आर्थिक अपचलनका अभियोग लगाउँदै प्रहरीले पक्राउ गरेको हो ।
उनीलाई थप अनुसन्धान गर्न पुनरावदेन अदालतले १० दिनको म्याद थप्ने अनुमती प्रहरीललाई दिएको छ । तत्कालिन बुटवल फाइनान्सको अध्यक्ष रहँदा पद र शक्तिको दुरूपयोग गरि ध्वजुले ३२ करोड ४९ लाख हानी गरेको आरोप छ । अहिले बुटबल फाइनान्स्, एल्पिक एभरेस्ट फाइनन्स र सिएमबी फाइनान्स मर्ज भएर सिनर्जी फाइनान्सको नाममा संचालनमा छ ।