दुई दिनभित्र सवारी साधनको भाडा समायोजन गर्न निर्देशन

166
  •  
  •  
  •  

काठमाण्डौं, २७ माघ (ओएनएस) :  व्यवस्थापिका संसदको विकास समितिले दुई दिनभित्र सवारी साधननको भाडादर समायोजन सरकारलाई निर्देशन दिएको छ ।

समितिले इन्धनको मूल्यमा घटवढ भएपछि मूल्य समायोजन गर्न तयार गरिएको ‘कस्ट इनालाइसिस चार्ट’ लागू भएपछि मूल्य समायोजन नभएको भन्दै पारदर्शी रुपमा भाडादर निर्धारण गरी २ दिनभित्र लागू गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई निर्देशन दिएको हो ।

सरकारले चार्ट बनाएपछि ५ रुपैयाँ घटेपश्चात १५/१५ दिनमा समायोजन गर्दै पारदर्शी रुपमा भाडादर निर्धारण गर्ने मापदण्ड बनाएको थियो ।

रविन्द्र अधिकारी सभापति रहेको समितिको सिंहदरवारमा मंगलबार विहान बसेको बैठकले इन्धनको मूल्य घटेपछि भाडा समायोजन नभएकाले परादर्शी भाडादर निर्धारण गर्न निर्देशन दिएको हो ।

सार्वजनिक यातायातको वैज्ञानिक भाडादर निर्धारणको लागि तयार गरेको चार्टमा रहेका सूचकहरु परिमार्जन गर्दै सुधार गर्न पनि निर्देशन दिएको छ ।

यस्तै बैज्ञानिक भाडादर निर्धारणका लागि सार्क मुलुकहरुले अपनाएको मापदण्ड अनुसार परिमार्जन गरि २ महिनाभित्र समितिलाई उपलब्ध पनि निर्देशन दिएको छ । वैज्ञानिक भाडादर समायोजन गरी लागू गर्दा अपाङ्ग, महिला, विद्यार्थी एवं जेष्ठ नागरिकको हितमा राख्न पनि निर्देशन दिएको छ ।


  •  
  •  
  •