काठमाडौं, ५ माघ (ओएनएस) : व्यवस्थापिका–संसद, विकास समितिले फोरजी सेवा देशैभर विस्तार गर्न निर्देशन दिएको छ ।
समितिको बुधबार बसेको बैठकले ८ महिनाभित्र फोरजी सेवा देशैभर पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिएको हो । बैठकले न्यूनतम शुल्कमा गुणस्तरीय भ्वाइस कल र इन्टरनेट सहितको फोरजी सेवा विस्तार गर्न निर्देशन पनि दिएको छ ।
यसैगरी, बैठकले सूचना प्रविधि क्षेत्रको विकासका लागि पुराना ऐन तथा नियम बाधक भएकाले संसोधनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।
समितिले २० वर्ष पुरानो दूरसञ्चार ऐन–२०५३ ले कतिपय समस्या समाधान गर्न नसकेको जनाउँदै नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय र नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।