काठमाडौँ, मंसिर(एजेन्सी) : जुत्तामा आफूलाई मन परेको रंग परिवर्तन गर्ने र जुत्ताको लुक परिवर्तन गरेर प्रयोग गर्न चाहनेका लागि खुसीको खबर छ । प्रविधीको यो दुनियाँमा हरेक कुरा सम्भव छ भन्नेमा हामी धेरैले विश्वास गर्छौ ।
विश्वास गर्न सकिने नसकिने दुवै कुराहरु प्रविधीको माध्मयद्वारा परिवर्तन गरिएको हामीले पाएका छौ । यसै क्रममा जुत्ता पनि आफ्नो मन अनुसार परिवर्तन गर्न सकिने भएको छ अर्थात् एउटै जुत्तालाई विभिन्न रंग तथा लुकमा लगाउन पाइने भएको छ । हो डेविड कोलो नामका एक व्यक्तिले शिफ्टवेयर नामक एउटा प्रोटोटाइपको निर्माण गरेका छन्, जुन प्रोटोटाइपको मद्दतले आफ्नो जुत्तालाई आफूले चाहेजस्तो रंगमा परिवर्तन गर्न सकिन्छ भने लुकको पनि डिजाइन गर्न सकिन्छ ।
यस जुत्तामा एक इ-पेपर लगाइएको छ जसको मद्दतले सहजै रंग र लुक परिवर्तन गर्न सकिन्छ । शिफ्टवेयरका डिजाइनकर्ता कोलोले जुत्तामा विभिन्न थरीका एनिमेटेड ग्राफिक्स प्रयोग गर्न सकिन्छ । यस जुत्तामा वाक एण्ड चार्ज प्रविधीको प्रयोग गरिएको छ ।
अहिले कोलो यो जुत्ता उत्पादनका लागि पैसा जुटाउनकालागि लागि परेका छन् । उनले क्राउडफन्डिङ वेबसाइटमार्फत मानिसहरूसँग करिब २ लाख ५० हजार डलर मागेका छन् । यदी उनको यो लक्ष्य पूरा भयो भने बजारमा यो जुत्ताको मूल्य करिब १५० डलर पर्नेछ ।