पासो लगाएर देवर भाउजुले गरे एकसाथ आत्महत्या

422
  •  
  •  
  •  

05-suicideकाठमाडौ, १८ माघ(एजेन्सी) : भारतको चित्रकुटमा राजापुर थाना क्षेत्रको खोपा गाउँमा शुक्रबार राती एक युवकले आफ्नै भाउजुसँगै कोठामा पासो लगाएर आत्महत्या गरेका छन् ।

शनिबार बिहान घरपरिवारले दुवैको शव कोठामा झूण्डिरहेको अवस्थामा फेला पारेका थिए । घटनाको सूचना पाएपछि पुगेको प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाएको छ । प्रहरीले घटनाका पछाडि प्रेम जोडिएको हुन सक्ने अनुमान गरेको छ । तर, उनीहरुका परिवारले पनि यसलाई अस्विकार गरेका छन् ।

खोपा गाउँमा मोतीलाल निषाद परिवारको साथमा रहँदै आएका थिए । शुक्रवार राती उनी, पत्नी झलरी, माहिलो छोरा गजराज र सानो छोरा हंसराज सुतिरहेका थीए । ठूलो छोरा सुखराज बहिनी रामरतीको घर महेवाघाट गएका थिए । सुखराजकी पत्नी सुमन देवी पनि आफ्नो कोठामा सुत्न पुगिन् ।

मोतीलालले शनिबार बिहान जब धेरै बेरसम्म पनि सुमन कोठाबाट निस्किइनन्, तब उनको कोठा चिहाएर हेरे । कोठाको दृश्य देखेर उनी कराए । उनले त्यहाँ हंसराज र सुमनको शव झूण्डिरहेको देखे । मोतीलालले यस घटनाबारे तत्काल प्रहरीलाई जानकारी दिए ।


  •  
  •  
  •