देव गुरुङ भन्छन् : दलहरु दिल्लीको रबर स्ट्याम्प

351
  •  
  •  
  •  

dev gurungभक्तपुर,  १७ चैत (ओएनएस)  :  नेकपा–माओवादीका सचिव देव गुरुङले नेपालका राजनीतिक दलहरुको गतिविधिले मूलुक भुटान र सिकिमिकरणको बाटोतर्फ उन्नमुख भएकोे बताएका छन् ।

रफत सञ्चार क्लब भक्तपुरमा भएको अन्र्तसंवाद कार्यक्रममा बोल्दै गुरुङले राजनीतिक दलहरु रबर स्ट्याम्प भएको र सबै निर्णय दिल्लीमै भरपर्ने भएकाले देश सिक्किमिकरणतर्फ अग्रसर बनेको बताए ।

उनले भने, ‘विभिन्न शक्ति केन्द्रहरुले दलहरुलाई असफल देखाउन खोज्नुले नेपालमा राजदरवारको आगमन नहोला भन्न सकिँदैन ।’ राजनीतिक दलहरुको यस्तै क्रियाकलाप बढ्दै जाने हो भने देशमा सैनिक सासन वा त्यो भन्दा पनि खतरनाक अवस्था देखिन सक्ने उहाँले बताए ।

शक्ति केन्द्रहरुले राजनीतिक दलहरुलाई आन्तरिक द्वन्द्वमा फसाउँदै लानुले पनि दलहरु विस्तारै असफल बन्दै गएको गुरङको भनाई छ । उनले संविधान जारी हुन नसक्नुको पछाडी दलहरु असफल नभई शक्ति केन्द्रको ईशरा नआएकाले संविधान जारी तर्फ अगाडी नबढेको आरोप लगाए । उनले भने, ‘कदमकदाचित संविधान जारी भए त्यो २०४७ सलको पश्चगामी संविधान र त्यो भन्दा पनि जंगे पारको संविधान जारी हुनेछ ।’

१२ बुँदे सम्झौता दिल्लीमा गरेर नेपालका राजनीतिक दहरुले त्यतिबेला जसरी आफ्नो भक्ति प्रदर्शन गरेका थिए हाल आफू शक्तिमा आउनुका लागि नेताहरुले भक्ति प्रर्दशन गर्दा देश अनिर्णयको बन्दी बन्दै गएको उनको भनाई छ ।


  •  
  •  
  •