एमाओवादीले हाम्रो पार्टी विभाजन गर्‍यो : गुरूङ

219
  •  
  •  
  •  

dev gurungभक्तपुर, १८ पुष : नेकपा–माओवादीका सचिव देव गुरूङले एमाओवादीका नेताहरूले नै आफ्नो पार्टी विभाजन गरेको बताएका छन् ।

रफत सञ्चार क्लब भक्तपुरले शुक्रबार गरेको साक्षत्कार कार्यक्रममा उनले आफ्नो पार्टीले राष्ट्रिय स्वाधिनता र देशभक्तिको धार बोक्दै गएकाले एमाओवादीका नेताले पार्टी विभाजन गर्न भूमिका खेलको बताए ।

दोस्रो संविधानसभाले पनि जनतालाई संविधान दिन नसक्ने चर्चा गर्दै गुरूङले संविधानसभा विघटन गरी राष्ट्रिय सर्वपक्षीय भेला आयोजना गरी संविधान निर्माण गर्नुपर्नेमा जोड दिए ।

संविधानसभाध्यक्षले संविधानको मस्यौदा जारी गर्न आफूलाई अधिकार दिन दलका नेताहरुलाई आग्रह गर्नुले जसरी पनि यथास्थितिमा संविधान जारी गर्न खोज्ने बहाना भएको बताए ।

अहिले राष्ट्रिय आत्मसमर्णपण वाद हाबी भएको उल्लेख गर्दै यथास्थितिमा संविधान जारी गरे उक्त संविधान नेकपा–माओवादीले जलाउने चेतावनी दिए । विदेशीको इशारामा देशलाई नव उपनिवेशवाद लाग्द खोजेको भन्दै यसबाट बचाउनुपर्ने बताए ।

सडक आन्दोलनबाट नै अबको निकास आउने संकेत गर्दै बिना आन्दोलन देशले निकास नपाउने उनको भनाइ छ ।


  •  
  •  
  •