मधेसी दलको ११ मध्ये २ माग पूरा गर्न हुन्न: नेता गुरूङ

1748
  •  
  •  
  •  

dev-gurungकाठमाडौँ, १९ मंसिर(ओएनएस) : नेकपा (क्रान्तिकारी माओवादी)का नेता देव गुरुङले मधेसवादी दलको अंगिकृत नागरिकले मुख्य पद पाउनुपर्ने र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने माग पुरा गरे देशको अस्मिता संकटमा पर्ने बताएका छन् ।

पाल्पामा पार्टीद्वारा शनिबार आयोजित पत्रकार भेटघाटमा गुरुङ्ले अङ्गीकृत नागरिकता पाउने जोकोही नेपालको मुख्य पदमा पुग्न पाउनुपर्ने माग पुरा भएमा देशमा विदेशीको हस्तक्षेप बढ्ने बताएका छन् । उनले देशमा विदेशीको हस्तक्षेप हुनु देशको अस्मिता समाप्त हुनु भएको भन्दै यस्ता माग पुरा गर्न नहुने बताएका छन् ।

मधेसमा भारतसँगको खुला सीमानाका कारण जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिए खुला सिमानाका कारण अप्ठ्यारो स्थिति आउने बताएका छन् ।

गुरूङले नेपाललाई नै एउटै निर्वाचन क्षेत्र बनाएर जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व गर्नु उपयुक्त हुने बताएका छन् । उनले मधेसी दलहरूले राखेको ११ बुँदे मागमध्ये दुईवटा मागबाहेक अन्य सबै जायज भएको बताएका छन् ।


  •  
  •  
  •