हामी वाचडगको भूमिकामा हुन्छौँ : देउवा

375
  •  
  •  
  •  

काठमाडौं, २२ फागुन (अाेएनएस) : संसदमा प्रमुख विपक्षी दलका नेपाली कांग्रेस नेता शेरबहादुर देउवाले सरकारलाई हाम्रो पुरापुर सहयोग रहने बताएका छन्।

सोमबारबाट सुरु भएको संघीय संसद् बैठकमा संसदमा प्रतिनिधित्व गर्ने तेश्रो दलको हैसियतमा संवोधन गर्दै कांग्रेस नेता देउवाले ओलीको सरकारमा हामी वाचडगको भूमिकामा रहने बताए।

सरकारलाई आफ्नो दलको तर्फबाट सहयोग हुने देउवाले बताएका छन् । देउवाले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले पार्टीले प्रजातन्त्रको संस्थागत गर्ने कार्यमा सहयोग गर्ने बताएका हुन् ।उनले मुलुकको आर्थिक विकासको लागि सबैले मिलेर काम गर्नुको विकल्प नभएको पनि बताए ।


  •  
  •  
  •