देउवा र गिरीबीच घोचपेच

109
  •  
  •  
  •  

Deuba vs giriकाठमाडौं, ८ माघ (ओएनएस) : संविधानसभाभित्र सत्तापक्ष र प्रतिपक्षी नेताहरुबीच छेक्ने र उम्किने प्रतिस्पर्धा चलिरहेको छ ।

प्रक्रियामा जाने गरि प्रश्नावली बनाउने प्रस्ताव पेश गर्न सत्तापक्षलाई विपक्षीले छेकिरहेका छन् । बाहिर सत्तापक्ष र विपक्षी दलका नेताहरु एक आपसमा विचार विमर्श गरिरहेका छन् । त्यहीक्रममा कांग्रेसका नेताहरु शेरबहादुर देउवा र प्रदीप गिरीबीच सामान्य जुहारी चलेको छ । गोलो घेरामा छलफल गरिरहेका बेला कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले जनताको भावना नबुझी संघियतामा जान खोजेको टिप्पणी गरे ।

कैलाली र कञ्चनपुर छुट्याउने सन्दर्भमा देउवाले भने, ‘जनताको भावना बुझनुपर्छ नी यार पाहाड एकातिर तराई एकातिर भन्ने कुरा मात्रै गरेर हुन्छ ?’ लगत्तै गिरीले जवाफ दिए यस्तै बेला हुन्छ नेतृत्वको परीक्षा ।

दर्शनका विषयमा अब्बल मानिने गिरीले आफुलाई सिकाउन खाजेको देखेपछि तत्काल देउवाले प्रतिवाद गरे । उनले भने ‘ म दुई दुई पटक प्रधानमन्त्री भइसकेको छु मलाई परीक्षा सरीक्षा दिनुछैन ।’ संविधानसभा बैठक सुरु नभएभएपछि अहिले सभासदहरु झुण्ड–झुण्ड बनाएर छलफल गरिरहेका छन् । छलफलका क्रममा संविधान, संघियताका विषयमा बढी चर्चा सुनिन्छ । केही ठाउमा पारिवारिक गफ पनि भइरहेका छन् ।


  •  
  •  
  •