काठमाडौं ९ चैत ।
पाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरवहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच अर्को प्रतिस्पर्धा हुने भएको छ ।सभापतिमा प्रतिस्पर्धा गरेको एक महिना बित्न नपाउँदै देउवा र पौडेल संसदीय दलको नेताका लागि प्रतिस्पर्धामा उत्रिन लागेका हुन।
पार्टीको केन्द्रीय समिति बैठकले दलको नेता चयनका लागि निर्वाचन समिति गठन गरेसँगै दुवै नेताले सक्रियता बढाएका छन् । १३ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका देउवाले सांसदसँग भेटघाट तीब्र बनाएका छन् । सकेसम्म सहमतिबाट संसदीय दलको नेता बन्ने र सम्भव नभए अधिकतम सांसदलाई पक्षमा पार्न देउवा निकट नेता सक्रिय छन् । सभापतिमा समर्थन गरेका सांसद संख्या आंकलन गर्दै उनीहरु सुविधाजनक बहुमत पुग्नेमा ढुक्क छन् ।
तत्कालीन सभापति सुशील कोइरालासँग २०७० माघ १२ मा भएको संसदीय दलको निर्वाचनमा देउवा १६ मतले पछि परेका थिए । यतिबेला कोइराला पक्षका भनिएका अर्जुननसिंह केसी, जगदीश्वरनरसिंह केसी, कुलबहादुर गुरुङ, चन्द्र भण्डारी लगातयतका नेता देउवा क्याम्पमा आएका छन् ।
नागरिकबाट