सर्लाही र रौतहटमा देउवा पक्ष विजयी

311
  •  
  •  
  •  

काठमाडौँ, १२ फागुन(ओएनएस) : नेपाली कांग्रेस सर्लाहीको सभापतिमा नागेन्द्र कुमार राय निर्वाचित भएका छन् । राय देउवा पक्षका नेता हुन् । उनले संस्थापन पक्षका लक्ष्मण रायलाई मात्र १० मतले पछि पारेका हुन् ।

मंगलबार राती सम्पन्न मतगणनामा नागेन्द्रकुमारले ५ सय ५८ मत ल्याएका थिए भने लक्ष्मणले ५ सय ४८ मत ल्याएका थिए । सचिवमा भने संस्थापन पक्षका नवीन अधिकारी र कोषाध्यक्ष संस्थापन पक्षकै बाबुकाजी प्रधान विजयी भएका छन् ।

यस्तै, बुधबार बिहान सम्पन्न मतगणनाबाट रौतहटमा पनि देउवा पक्षका कृष्ण यादव निर्वाचित भएका छन् । निर्वाचनमा यादवले संस्थापन पक्षका मोहम्मद महताव आलमलाई ५ मतको झिनो अन्तरले पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् । यादवले ४ सय ९४ मत हासिल गरेका थिए भने आलमले ४ सय ८९ मत प्राप्त गरेका थिए ।

यस्तै, सचिवमा हृदयनारायण यादव र कोषाध्यक्षमा रामश्रेष्ठप्रसाद साह निर्वाचित भएका छन् ।


  •  
  •  
  •