प्रधानमन्त्रीको गृहजिल्लामा किन अझै सुरु भएन मतगणना ?

209
  •  
  •  
  •  

काठमाडौँ, २२ मंसिर (ओएनएस) : प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा अझै मतगणना सुरु भएको छैन । जिल्लाको विकट पशुराम नगरपालिका र आलिताल गाउँपालिका क्षेत्रका ११७ मध्ये ४१ मतदान केन्द्रका मतपेटिका सदरमुकाम आइनपुगेपछि मतगणना सुरु हुन ढिला भएको हो ।

सेना र प्रहरीको स्कर्टिङमा मतपेटिका सदरमुकाम ल्याउने काम भइरहेको छ । मतपेटिका सदरमुकाम आएपछि सर्वदलीय बैठक बस्ने छ । त्यसपछि मात्रै मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत डा. रमेशप्रसाद रिजालले जानकारी दिए । डडेल्धुरामा ६५ प्रतिशत मत खसेको छ ।


  •  
  •  
  •